निर्मल निवासले राप्रपा कब्जा गर्न खाेजेकाे थापाकाे आराेप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा र निर्मल निवासले पार्टी कब्जा गर्न खाेजेकाे आराेप लगाएका छन् । थापाले सोमबार (आज) राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउँदै यस्तो आराेप लगाएका हुन् । ‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस्,’ थापाले पत्रमा भनेका छन्, ‘निर्मल निवासले पार्टीलाई आफ्नाे बनाउन खाेज्याे, हस्तक्षेप बढायाे ।’

तीन पृष्ठ लामो पत्रमा थापाले राजसंस्थाको हस्तक्षेपको भर्त्सना गर्दै निष्पक्ष छानबिन समिति बनाउन माग गरेका हुन् । यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने थापाको दाबी छ ।

पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको पनि थापाले बताएका छन् । ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारबाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,’ उनले भनेका छन् ।

पार्टीको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेप यो पहिलो घटना नभएको थापाले बताएका छन् । ०७४ सालमा पार्टी फुटाउन र विगत केही समयदेखि भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने तथा राप्रपाका बारेमा भ्रम सिर्जन गराउने कार्य निर्मल निवासबाट हुँदै आएको उनको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *