कांग्रेस निर्वाचन : समय थप गरिने, १ बजेबाट गणना

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदानका लागि समय थप हुने भएको छ । राति ९ बजेसम्मका लागि समय थप गरिएकोमा मतपत्र सकिएकाे र मतदान प्रक्रिया नै राेक्नुपर्ने भएकाेले पुन: समय थप गरिएकाे कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।

यति नै समय थप गर्ने भनेर भन्न नसकिने अवस्था रहेकाे र ९ बजेसम्ममा कति मतदान गर्न बाँकी हुन्छ त्यसैअनुसार समय थप गरिने समितिले जनाएकाे छ ।

अहिलेसम्म ४२०० मत खसेको र नसकिए ९ बजे पछि पनि मतदान गरी राति १ बजेबाट गणना गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *