एमाले महासचिव पोखरेल र सीपीसीका चाओबीच भिडिओ वार्ता

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री चेन चाओ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलबीच भिडिओ वार्ता भएको छ ।

सोमबार उनीहरूबीच भिडियो वार्ता भएको महासचिव पोखरेलको सचिवालयले जनाएको छ ।

वार्ताका क्रममा चेनचाओले दुई पार्टीबीच सम्बन्ध बलियो बनाउँदै लैजानुपर्ने बताएको सचिवालयले उल्लेख गरेको छ । अहिले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाली राजनीतिका पार्टीहरूसँग आपसी सम्बन्ध सुधारका लागि सम्पर्क विकास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *