कांग्रेस मतदानको समय साढे १० बजेसम्म थपियो

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय पुनः थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिकाअनुसार राति साढे १० बजेसम्मका लागि मतदान थप गरिएको हो ।

यसअघि समय थप गरेर ५ बजेबाट ९ बजेसम्मका लागि मतदान समय तोकिएको थियो । सभापति पदका लागि ४३ सयभन्दा बढीले मतदान गरिसकेको समितिले जनाएको छ । मतदान गर्ने कूल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । मतदान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *