कांग्रेस महाधिवेशन: मतदानकाे समय साढे ११ बजेसम्म

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले भइरहेको मतदानको समय फेरि थप भएको छ । मतदानका लागि राती साढे १० बजेसम्मको समय तोकिएकोमा नसकिएप्छि फेरि १ घण्टा थप गरेर साढे ११ बजेसम्म पुर्याइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदान सकिएपछिका प्राविधिक कुराहरु सकेर राती १ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको पनि समितिले जनाएको छ । मतदानस्थल राष्ट्रिय सभा गृह मा सभापतिको मतगणना गरिने छ ।

सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने विधान रहेका कारण सभापतिको गणना गर्ने तयारी गरिएको समितिले जनाएको छ । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा सभापति छान्न दोस्रो चरणको निर्वाचन हुनेछ । जसमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा निर्वाचन हुनेछ ।

पहिलो चरणमा कसैले ५० प्रतिशत नकटाए मंगलबार पुनः दोस्रो चरणको मतदान गर्ने तयारी छ ।

सभापतिको नतिजा टुंग्याएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने र मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने समितिले जनाएको छ । सबै पदको अन्तिम परिणाम आउन कम्तीमा १ साता लाग्ने पनि निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *