फ्याक्ट्स नेपालको एक्जिट पोल

देउवालाई ४५ र शेखरलाई ३२ प्रतिशत मत, महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी हुने प्रक्षेपण

काठमाडौँ । विभिन्न विषयको सर्वेक्षणमा संलग्न संस्था फ्याक्ट्स नेपालले गरेको एक सर्वेक्षणले नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने देखाएको छ । मतदानमा सहभागिमध्ये २१ सय ४८ जना महाधिवेशन प्रतिनिधिलाई सोधेर गरिएको सर्वेक्षणले सभापतिमा शेरबहादुर देउवाले सवैभन्दा बढी मत पाउने देखाएपनि विजयी हुन चाहिने ५० प्रतिशत भन्दा बढी मत नपाउने देखाएको हो ।

सर्वेक्षणले देउवाले ४५ प्रतिशत मत पाउने देखाएको छ भने दोस्रो स्थानमा डा. शेखर कोइरालाले ३२ प्रतिशत मत पाउने देखाएको छ । यसैगरी प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखिएको छ ।

यो सर्वेक्षणले महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुने देखाएको छ । सर्वेक्षणकाअनुसार थापाले ४५ प्रतिशत र शर्माले २९ प्रतिशत मत पाउने देखिएको छ ।

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले १०, डा प्रकाशशरण महतले ८ र डा मिनेन्द्र रिजालले ७ प्रतिशत मत पाउने देखाएको छ । १ प्रतिशत मत अन्य उम्मेदवारले पाउने देखिएको छ ।

कांग्रेस सभापतिको मतगणना केहीबेरमा शुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *