२५० मत गन्दा देउवाको अग्रता, पच्छ्याउँदै शेखर

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत पहिलो चरणको मतगणनाको परिणाम सार्वजनिक भएको छ । २५० मत गणना गर्दा सभापतिको उम्मेदवार शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

उनले १३२ मत ल्याउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ८१ मत ल्याएका छन् । प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङ १ मत ल्याए । मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो ।

सभापतिबाहेक अन्य पदको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *