६ सय मत गन्दा सभापतिमा देउवाको अग्रता कायम, शेखर दोस्रोमा

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । अहिले ६ सय मतगणना परिणाम आउँदा सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् ।

६ सय मत गन्दा देउवाले २८८, शेखर कोइरालाले २१२, प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङ ४ मत ल्याए । मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो ।

सभापतिबाहेक अन्य पदको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *