सभापतिमा देउवाको अग्रता कायम, पच्छ्याउँदै शेखर
मकालु खबर
२०७८ मंसिर २८ गते
काठमाडौँ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म ८०० मत गनिसक्दा देउवाले ३८७ मत पाएका छन् ।
त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले २९५ मत प्राप्त गरेका छन् । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो ।
सोमबार भएको मतदानमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।
मकालु खबर
२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित