देउवाले बढाए शेखरसँग मतान्तर (अपडेट)
काठमाडौँ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म १ हजार ७ मत गनिसक्दा देउवाले ८११ मत पाएका छन् ।
सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ६१६, प्रकाशमान सिंहले १०७ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ७६ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ४ मत मात्र प्राप्त भएको छ । बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो ।
सोमबार भएको मतदानमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।