आधाभन्दा बढी मतगणना सकिँदा देउवाले कटाएनन् ५० प्रतिशत

काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म आधाभन्दा धेरै मतगणना सकिसकेकाे छ । जारी मतगणनाअनुसार सभापतिका प्रत्याशीद्वय शेरबहादुर देउवा र डा. शेखर काेइरालाबीच ‘टफ’ प्रतिस्पर्धा भइरहेकाे छ ।

२७०० मगणना हुँदा शेरबहादुर देउवाले ५० प्रतिशत कटाएका छैनन् । उनकाे पक्षमा १,३१८ मत खसेकाे छ । ४८.८१ प्रतिशत मात्रै हाे । उता शेखरकाे १,०२३ मत खसेका छ ।

का‌ंग्रेसकाे विधानअनुसार पहिलाे चरणमा सभापतिमा निर्वाचित हुनलाई बहुमत [५० प्रतिशतभन्दा धेरै] ल्याउनुपर्छ । शेरबहादुर र शेखरबाहेकका प्रतिस्पर्धीहरू भने धेरै मतान्तरले पछि छन् । विमलेन्द्र निधि, प्रकाशमान सि‌ंह र कल्याण गुरुङ शेरबहादुर र शेखरकाे अनुपातमा अगाडि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *