३,७३९ मतगणना : देउवासँग ४८.०८ प्रतिशत, दाेस्राे चरणमा जाने सम्भावना बढ्याे (अपडेट)

काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार सभापतिका प्रत्याशीद्वय शेरबहादुर देउवा र डा. शेखर काेइरालाबीच ‘टफ’ प्रतिस्पर्धा भइरहेकाे छ ।

काठमाडाैँस्थित राष्ट्रिय सभागृहमा भइरहेकाे मतगणनामा ३,७३९ मत गन्दा शेरबहादुरकाे पक्षमा १,७९८ मत खसेकाे छ । त्याे ४८.०८ प्रतिशत हाे । शेरखकाे पक्षमा भने १,४१३ मत जुटेकाे छ । देउवा प्रतिशतबाट अघि बढ्न सकेका छैनन् ।

शेरबहादुर र शेखरबाहेकका अन्य प्रतिस्पर्धीहरू भने धेरै मतान्तरले पछि छन् । विमलेन्द्र निधि, प्रकाशमान सि‌ंह र कल्याण गुरुङ शेरबहादुर र शेखरकाे अनुपातमा अगाडि बढ्न सकेका छैनन् । उनीहरू पहिलाे चरणबाटै ‘आउट’ हुने सम्भावना छ ।

यससँगै दाेस्राे चरणकाे निर्वाचन हुने सम्भावना पनि उच्च रहेकाे छ । का‌ंग्रेसकाे विधानअनुसार पहिलाे चरणमा सभापतिमा निर्वाचित हुनलाई बहुमत [५० प्रतिशतभन्दा धेरै] ल्याउनुपर्छ । पहिलाे चरणमा शेरबहादुर र शेखर कुनै पनि प्रत्याशीले पनि ५० प्रतिशत कटाउन सक्ने सम्भावना देखिँदैन । २७०० मतगणना हुँदा ४८ प्रतिशतमा चढेका देउवा ३१८१ मतगणना हुँदा पुन: ४७ प्रतिशतमा झरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *