४,२७६ मतगणना : शेरबहादुर-शेखरबीच ४३१ काे मतान्तर
काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार सभापतिका प्रत्याशीद्वय शेरबहादुर देउवा र डा. शेखर काेइरालाबीच ‘टफ’ प्रतिस्पर्धा भइरहेकाे छ ।
काठमाडाैँस्थित राष्ट्रिय सभागृहमा भइरहेकाे मतगणनामा ४,२७६ मत गन्दा शेरबहादुरकाे पक्षमा २०४६ मत खसेकाे छ । शेरखकाे पक्षमा भने १,६१५ मत जुटेकाे छ । देउवा ४८ प्रतिशतबाट अघि बढ्न सकेका छैनन् ।
शेरबहादुर र शेखरबीचकाे मतान्तर ४३१ रहेकाे छ ।
शेरबहादुर र शेखरबाहेकका अन्य प्रतिस्पर्धीहरू भने धेरै मतान्तरले पछि छन् । विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ शेरबहादुर र शेखरकाे अनुपातमा अगाडि बढ्न सकेका छैनन् । उनीहरू पहिलाे चरणबाटै ‘आउट’ हुने सम्भावना छ ।
यससँगै दाेस्राे चरणकाे निर्वाचन हुने सम्भावना पनि उच्च रहेकाे छ । कांग्रेसकाे विधानअनुसार पहिलाे चरणमा सभापतिमा निर्वाचित हुनलाई बहुमत [५० प्रतिशतभन्दा धेरै] ल्याउनुपर्छ । पहिलाे चरणमा शेरबहादुर र शेखर कुनै पनि प्रत्याशीले पनि ५० प्रतिशत कटाउन सक्ने सम्भावना देखिँदैन । २७०० मतगणना हुँदा ४८ प्रतिशतमा चढेका देउवा ३१८१ मतगणना हुँदा पुन: ४७ प्रतिशतमा झरेका छन् ।