कांग्रेस महाधिवेशन

पुनः मतदान हुने भएपछि गृहमन्त्री खाँण चाक्सिबारीमा

काठमाडौँ । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएपछि गृहमन्त्री बालकृष्ण खाँण चाकस्सीबारी पुगेका छन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले बहुमत पुर्‍याउन नसकेपछि उनी सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई चाकस्सीबारी पुगेका हुन् ।

देउवाले आफ्नो दूतहरूलाई शीर्ष नेताहरू कहाँ पठाउन शुरु गरेका बताइन्छ । यो महाधिवेशनमा सिंह पनि उम्मेदवार थिए । तर, उनी पराजित भइसकेका छन् । अर्काे उम्मेदवार विमलेन्द्र निधिले शेखर कोइरालालाई सघाउने संकेत छ ।  सिंह पनि संस्थापनइतर नै भएपनि उनलाई फकाउन खाँण त्यहाँ पुगेका छन् ।

मतपरिणामअनुसार सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो । कांग्रेस विधानअनुसार पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुन्छ ।

पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८ मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले १७२९ मत पाएका छन् । अन्तिम मतपरिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *