प्रकाशमानलाई प्रधान मन्त्रीको अफर लिएर खाँण पुगे चाक्सीबारी

काठमाडौँ । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएपछि शेरबहादुर देउवाले अबको रणनीति थालेका छन् । देउवाले आफ्नो पक्षका नेताहरूलाई शीर्ष नेताहरू कहाँ पठाउन शुरु गरेका हुन् ।

देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई सभापतिको उम्मेदवार प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पठाएका छन् । भेटमा उनले सहयोग खोजेको बताइएको छ । स्रोतकाअनु्सार देउवाले सिंहलाई प्रधान मन्त्रीको अफरका गरेका छन् । आफूले सभापतिमा जिते प्रकाशमानलाई प्रधान मन्त्री बनाउने उनको प्रस्ताव छ ।

अन्तिम मतपरिणामअनुसार तेस्रो स्थानमा रहेका सिंहले ३७१ मत पाएका थिए । उनले समर्थन गर्दा पहिलो चरणमै सभापति चुनिन ८२ मतले चुकेका देउवा सजिलै सभापति बन्नेछन् । अब दोस्रो चरणमा मतदान हुँदा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।

देउवा समूह छाडेर सभापतिमा उम्मेदवारी दिएका निधिले देउवालाई समर्थन गर्ने सम्भावना कम छ । त्यसैले उनले सिंहको साथ खोजेका छन् । यद्यपि यसबारे गम्भीर छलफल गरेर मात्र निर्णय लिइने सिंहको समूह स्रोतले बतायो ।

सम्बन्धित समाचार
-देउवाले पनि पुर्‍याएनन् बहुमत, दाेस्राे चरणकाे मतदान हुने
-दाेस्राे चरणमा शेखरको सम्भावना बढी ?
-अब सिंह र निधि निर्णायक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *