देउवालाई प्रकाशमानले समर्थन गर्ने (भिडिओसहित)

काठमाडौँ । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधान मन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई प्रकाशमान सिंहले समर्थन गर्ने भएका छन् । मंगलबार बिहान चाक्सीबारीमा भएकाे शेरबहादुर-प्रकाशमान वार्तामा समर्थन गर्ने सहमति बनेकाे प्रकाशमानका प्रेस सहयाेगी यूपी लामिछानेले बताए ।

आफूहरूले दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई समर्थन गर्ने सिंहले बताए । ‘बहुमत प्रतिनिधिहरूको स्वीकार्यता देउवा जीलाई नै देखियो ।नेतृत्व परिवर्तनको हाम्रो मुद्दामा उहाँ (देउवा) सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘पार्टीको विधान र कमीकमजोरीमा सल्लाह गरेर अघि बढ्ने सहमति भयो । दोस्रो चरणमा हामी उहाँलाई सहयोग गर्छौँ ।’

सिंहले सघाउने भएपछि देउवाले धन्यवाद दिएका थिए । ‘प्रकाशमानजीले सदाशयता देखाउनुभयो, आत्मीयता देखाउनुभयो,’ देउवाले भने, ‘वास्तवमा हामी पहिलेदेखि साथी नै हो । मैले प्रतिबद्धता तोड्ने छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *