प्रकाशमान जता, म त्यतै : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका पदका प्रत्याशी विश्वप्रकाश शर्माले आफू देउवाको पक्षमा उभिने स्पष्ट पारेका छन् । प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवालाई सघाउने बताएसँगै शर्माले उक्त कुरा बताएका हुन् ।

मंगलबार बिहान एक ट्वीटमार्फत् उनले यसबारे स्पष्ट पारेका हुन् । ‘दोस्रो चरणमा जानैपर्दा प्रष्ट्याउँछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो ।सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ उनले लेखेका छन् ।

पहिलाे चरणबाट सभापति नटुङ्गिएसँगै कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । जहाँ, पहिलाे चरणबाटै सभापतिकाे प्रतिस्पर्धाबाट बाहिरिएका प्रकाशमानले शेरबहादुर देउवालाई समर्थन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *