कल्याण पनि देउवातिरै, शेखर एक्लै

काठमाडाैँ । नेपाली कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका ५औं प्रत्याशी कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् । साथीहरूसँगकाे छलफलपछि आफूले पनि शेरबहादुरलाई नै समर्थन गर्ने निष्कर्ष निकालेकाे गुरुङले बताए । ‘मेराे समर्थन पनि शेरबहादुर दाइलाई नै हुन्छ । साथीहरूसँग छलफलपछि याे निष्कर्षमा पुगेकाे हुँ ।’

दाेस्राे चरणकाे मतदानमा शेरबहादुर र डा. शेखर काेइरालाबीच प्रतिस्पर्धा हुँदैछ । जसमा देउवालाई पहिलाे चरणबाटै सभापतिकाे प्रतिस्पर्धाबाट बाहिरिएका नेताद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि समर्थन गर्दैछन् । यसमा कल्याण पनि थपिएका हुन् ।

याेसँगै शेखरबाहेक सभापतिका सबै प्रत्याशीले देउवालाई समर्थन गरेका छन् । उता शेखरपक्षीय नेताहरू छलफलमा जुटेका छन् । उनीहरूले सबैकाे समर्थन देउवालाई नै रहँदा मतदानमा जाने कि नजाने भनेर छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *