सर्वोच्चको प्राङ्गण तमासा गर्ने ठाउँ होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्राङ्गण तमासा गर्ने ठाउँ नभएको बताएका छन् ।

एमालेको संसदीय दलको बैठकमा दलका नेता ओलीले अहिले सर्वोच्च अदालतको प्राङ्गणमा तमासा देखाइएको भन्दै सर्वोच्च प्राङ्गण तमासा देखाउने ठाउँ नभएको बताएका हुन् ।

उनले प्रधान न्यायाधीशको बहिर्गमनको माग गर्दै कानुन व्यवसायीले धर्ना‚ आन्दोलनलगायतका अमर्यादित काम गरेको भन्दै सर्वोच्चमा तमासा भइरहेको टिप्पणी गरेका हुन् ।

अर्को प्रसङ्गमा उनले सभामुख अग्निप्रसाद सापकोटाले नियमावलीको कुरा गरेर धम्की दिइरहेको भन्दै नियमावलीमा के छ र कसरी कार्यान्वयन हुन्छ भन्ने एमालेलाई पनि थाहा भएकाले धम्की दिन आवश्यक नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *