नियमावलीको कुरा गरेर नधम्क्याउन सभामुखलाई ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले नियमावलीको कुरा गरेर नधम्क्याउन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।

एमालेको संसदीय दलको बैठकमा दलका नेता ओलीले सभामुख सापकोटाले नियमावलीको कुरा गरेर धम्की दिइरहेको भन्दै नियमावलीमा के छ र त्यसको कसरी कार्यान्वयन हुन्छ भन्ने एमालेलाई पनि थाहा भएकाले धम्की दिन आवश्यक नभएको बताएका हुन् ।

एमालेले कारबाही गरेका सांसदको सूची नटाँसेर सभामुखले गम्भीर गल्त‍ी गरेको भन्दै संसद्‌ अधिवेशनमा विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *