प्रतिनिधिलाई देउवालाई मत दिन निधिकाे आग्रह

काठमाडाैँ । नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनअन्तर्गत सभापति चयन प्रक्रियाकाे पहिलाे निर्वाचनमा चाैथाे बनेका विमलेन्द्र निधिले दाेस्राे चरणमा शेरबहादुर देउवालाई मतदान गर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले भनेका छन्— ‘सम्माननीय प्रधान मन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु । पहिलो चरणको निर्वाचनमा मलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरूलाई दोस्रो चरणको मतदानमा सभापति पदमा शेरबहादुर देउवाजीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई अनुरोध गर्दछु ।’

पहिलाे चरणकाे निर्वाचनमा २४९ मत ल्याएका विमलेन्द्रले देउवालाई नै चुनाैती दिँदै सभापति पदमा उम्मेदवारी दर्ता दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *