कांग्रेस सभापतीय निर्वाचन:
दाेस्राे चरणकाे मतदान शुरू (तस्बिरहरू)
२०७८ मंसिर २८ गते
काठमाडाैँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत चाैथाे दिनकाे बन्दसत्रमा सभापति चयनका लागि दाेस्राे चरणकाे मतदान शुरू भएकाे छ । मंगलबार दिउँसो साढे ३ बजेबाट मतदान शुरू भएकाे हाे । मतदानका लागि साँझ साढे ७ बजेसम्मतकाे समय तय गरिएकाे कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।
मतदानका लागि कांग्रेस महाधिवेशन प्रतिनिधिहरू राष्ट्रिय सभागृह बाहिर लाइनमा बसेका छन् । राष्ट्रिय सभागृह बाहिर प्रदर्शनी मार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । प्रहरीले महाधिवेशन प्रतिनिधिहरूलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएकाे छ ।
दाेस्राे चरणमा शेरबहादुर देउवा र डा. शेखर काेइरालाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । पहिलाे चरणकाे मतदानमा देउवाले २२५८ मत ल्याउँदा शेखरले १७०२ मत मात्रै ल्याएका थिए ।
२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित