बागमतीमा थपिए ६ मन्त्री

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकाे एकीकृत समाजवादीकी नेता मुनु सिग्देलले बताइन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट २ मन्त्री र १ राज्यमन्त्री तथा माओवादी केन्द्रबाट ३ जना मन्त्रीमा नियुक्त गरिएको हो ।

श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादीका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिचाईंमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् ।

यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् । योसँगै बागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र १ राज्यमन्त्रीको सरकार बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *