फेरिएकाे समीकरण : देउवा, निधि र सिंह एकसाथ

काठमाडौँ । नेपाली कांग्रेसकाे सभापति चयनका लागि अहिले दाेस्राे चरणकाे मतदान जारी छ । मतदान चलिहरँदा सभापतिका प्रत्याशी शेरबहादुर देउवा र पहिलाे चरणबाटै सभापतिकाे दाैडबाट बाहिरिएका नेताद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह एकसाथ देखिए ।

दाेस्राे चरणमा आफूहरू उम्मेदवारकाे रूपमा रहन नपाएपनि देउवालाई आफ्नाे समर्थन रहेकाे घाेषणा गरेका विमलेन्द्र-प्रकाशमानले देउवासँगै उभिएर उनकै लागि मत मागिरहेका छन् ।

पहिलाे चरणकाे मतदान भइरहँदासम्म कांग्रेसमा नेतृत्व परिवर्तनकाे कुरा उठाएका विमलेन्द्र-प्रकाशमानले दाेस्राे चरणमा प्रवेश भएसँगै देउवालाई नै समर्थन गर्न पुगेका हुन् । दाेस्राे चरणकाे मतदान हुने भएसँगै दाैडधुप गरेका देउवा निधिनिवास बानेश्वर र सिंहनिवास चाक्सीबारी पुगेका थिए ।

भेटका क्रममा देउवाले सिंहलाई प्रधान मन्त्रीकाे प्रस्ताव गरेका थिए भने निधिलाई पनि सरकारकै आश्वासन दिएका छन् । यससँगै कांग्रेसकाे सभापति चयनकाे पहिलाे चरणकाे निर्वाचनमा बनेकाे समीकरण फेरिएकाे हाे ।

विमलेन्द्र-प्रकाशमानले पहिलाे चरणकाे मतदान नसकिँदासम्म आफूहरू पुस्तान्तरणकाे पक्षमा उभिने र शेखरपक्षीय प्यानललाई सघाउने बताउँदै आएका थिए । तर, अहिले देउवासँगै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *