कांग्रेस निर्वाचन : २५०० मत खस्याे, १० बजेबाट गणना
मकालु खबर
२०७८ मंसिर २८ गते
काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान सकिएलगत्तै मतगणना हुने भएको छ । कांग्रेसकाे निर्वाचन समितिकाअनुसार १० बजेबाट मतगणना शुरू हुनेछ । दिउँसाे ३ बजेबाट शुरू भएकाे मतदान साँझ ७ बजेसम्म सकिने भनिएपनि सकिएकाे छैन ।
समितिकाअनुसार ३ देखि ४ घन्टासम्ममा मतगणना सकिने आँकलन गरिएकाे छ । आज सभापतिकै मात्रै मतगणना हुनेछ । त्यसपछि बुधबार मात्रै अन्य पदकाे मतगणना हुने समितिले जनाएकाे छ ।
अहिलेसम्म २५०० भन्दा धेरै मत खसेकाे छ ।
कांग्रेस सभापतिमा सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पहिलो र दोस्रो धेरै मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।
मकालु खबर
२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित