बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडाैँ । बागमती प्रदेशका नवनियक्त मन्त्री र राज्‍यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । उनीहरूले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्‍यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराएका हुने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् । त्यस्तै एकीकृत समाजवादी पार्टीका वसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरू भने समेटिएका छैनन् । कांग्रेस सांसदहरू पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको नेताहरूले बताएका छन् ।

बागमतीमा मन्त्रालयहरूकाे सङ्ख्या १४ पुर्‍याइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *