कांग्रेस निर्वाचन : मतदान अन्तिम चरणमा‚ १० बजेबाट गणना

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले भइरहेको दोस्रो चरणको मतदान अन्तिम चरणमा पुगेको छ ।

मतदानस्थल काठमाडौँको भृकुटीमण्डप र सभागृहमा मत दिन आउने मतदाताहरूको संख्या न्यून भएसँगै राति नौ बजेसम्म मात्र मत खसाल्न दिइने भएको हो ।

नौ बजे बजेसम्म लाइनमा बस्नेले मात्र मत हाल्न पाउने माइकिङ भएपछि अहिले बाहिर धेरै ठुलो लाइन देखिएको छैन भने मतदानस्थलभित्र थोरै संख्यामा मतदाता बाँकी छन् ।

मतदान सकिनासाथ राति १० बजेबाट मतगणना सुरु हुने कांग्रेसकाे निर्वाचन समितिले जनाएको छ । मतदान दिउँसाे ३ बजेबाट सुरु भएकाे थियो ।

कांग्रेस सभापतिका लागि गरिएको पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवारमा उठेका ६ जनामध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेकाले निर्वाचन दोस्रो चरणमा गएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *