कांग्रेस निर्वाचन : सकियो मतदान‚ १० बजेदेखि मतगणना सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले भइरहेको दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै मतगणना राति १० बजेदेखि गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

राति नौ बजे मतदान सकिएको समितिले जानकारी दिएको छ । जम्मा ४ हजार ५६४ मतदाताले मतदान गरेको समितिले जनाएको छ । मतदान दिउँसाे ३ बजेबाट सुरु भएकाे थियो ।

कांग्रेस सभापतिका लागि गरिएको पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवारमा उठेका ६ जनामध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेकाले निर्वाचन दोस्रो चरणमा गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *