लोक सेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (विज्ञापनसहित)
मकालु खबर
२०७८ मंसिर २९ गते
काठमाडौँ । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । आयोगले दुई सय ८४ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको हो ।
सूचना प्रकाशित गर्दै आयोगले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको छ । इच्छुक थथ योग्यता पुगेका उम्मेदवारले पुस २० गते भित्र आवेदन दिन पाइने छ ।
पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । यसमा पदमा अनलाइनमार्फत् आवेदन दिन सकिनेछ । शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ ।
मकालु खबर
२०७८ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित