लस्कर फुडसले ल्यायो आकर्षक ’कर्पोरेट लन्च अफर’
काठमाडौँ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कर्पोरेट लन्च अफर’ ल्याएको छ ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर÷कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको जनाएको छ ।
लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको बताएको छ ।
काठमाडौँ उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडसले यस अफर सँगै , अरू विभिन्न अफर समेत ल्याएको छ ।
लस्कर फुड्सको प्रमुख आकर्शननै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य रहेको पनि जनाएको छ ।
काठमाडौँ उपत्यका बासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरूको आकर्षण बढ्दै गएपछि लस्कर फुडसले कर्पोरेट लन्च अफर अघि सारेको बताएको छ ।
बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरूभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत ओस्तीको दाबी छ ।
प्रभु–पे, ई सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ ।