प्रदेश १ : माओवादी (केन्द्र)को नेतृत्व चयनमा किचलो, सुरु भयो बैठक

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ ले अझै पदाधिकारी टुंगो लगाउन सकेको छैन । पदाधिकारीमा अध्यक्षका ३ जनाले आ-आफ्नो दाबी नछाडेपछि सर्वसम्मत सदस्यमा निर्वानित भएका २५९ जना सदस्यले पदाधिकारी छान्न सकेका छैनन् ।

अध्यक्षका लागि सुरेशकुमार राई, ईन्द्र आङ्बो र हेमराज भण्डारीले दाबी गर्दै आएका छन् । गत मंसिर २५ गते मोरङको सुन्दर हरैँचामा सुरु भएको नेकपा माओवादी केन्द्रको अधिवेशनले सदस्य निर्विरोध छानेको भए पनि सदस्यबाट पदाधिकारी छान्न सकस देखिएको हो ।

प्रदेश अध्यक्षमा तीनै जना केन्द्रीय सदस्यहरूले दाबी गरेको र आफ्नो दाबी नछाडेकाले अध्यक्ष चयनमा ढिला भएको मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष गणेश उप्रेतीले बताए । बुधबार बिहान अन्तरिक छलफलबाट अध्यक्ष टुंगो लगाउने र प्रदेश समितिको बैठकले अनुमोदन गर्ने भनिएपनि कुरो नमिल्दा ११ बजेलाई बोलाइएको बैठक ढिला भएको थियो ।

ढिलोगरी सुरु भएको प्रदेश समितिको बैठकले पदाधिकारीको टुंगो लगाउने नेकपा माओवादी केन्द्रले जनाएको छ । अग्रज र पुराना माओवादी नेता महेश टंक गिरीको अध्यक्षतामा बैठक सुरु भएको हो । कार्यक्रमको संचालक प्रदेश सह-ईन्चार्ज सावित्रीकुमार काफ्लेले गरेका छन् ।

बैठकको एजेन्डाबारे केही समय विवाद भएको थियो । बैठकमा अध्यक्षका आकांक्षी हेमराज भण्डारी, सुरेशकुमार राई (हिमाल किराँती) र ईन्द्रबहादुर आङ्बोले आफ्नो धारणा राख्नेछन् । बैठकमा पदाधिकारी चयन, कमिटीको पूर्णता, अधिवेशनमा प्राप्त सुझावलाई समेटेर पूर्णता, समसामयिक प्रस्तावबारे छलफल, राष्ट्रिय सम्मेलनमा सहभागिता, पालिका अधिवेशनलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *