३०० मत गन्दा विश्वप्रकाशलाई प्रदीपले उछिने, गगनको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्रीको जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । ३ सय मत गणना हुँदा गगनले २०० र प्रदीप पौडेलले ११० मत पाएका हुन् ।
यस्तै विश्वप्रकाशले १०४, प्रदीप पौडेलले २७, डा. प्रकाशशरण महतले ९१, डा. मीनेन्द्र रिजालले ५५, डा. राजाराम कार्कीले ४ मत ल्याएका छन् । महामन्त्रीमा युवा नेता उम्मेदवार रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी छ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ ।
महामन्त्रीमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महत र पौडेल उम्मेदवार भएका छन् । थापा र रिजाल शेखर कोइरालाको प्यानलबाट छन् । कांग्रेस प्रवक्तासमेत रहेका शर्मा पनि महामन्त्रीमा उठेका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भए पनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए ।
आज बिहान सम्पन्न उपसभापति पदको मतगणनामापूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।