एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘बिजलाइट’ प्रिपेड प्लान
प्रतिमिनेट ३० पैसामै कुरा हुने
काठमाडौँ। एनसेल आजियाटाले साना तथा मझौला व्यवसायी र कार्यालयहरुका लागि एनसेल बिजलाइट योजना सार्वजनिक गरेको छ।
योजना अनुसार मासिक रुपमा कुनै निश्चित रकम तिर्नु नपर्ने गरी सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखी यो योजना ल्याइएको एनसेलले जनाएको छ।
योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लिन सकिने बताइएको द्ध। ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने जारी बिज्ञप्तीमा उल्लेख छ ।
‘बिजनेस सधैँ अन’ थिम अन्तर्गत शुक्रबारदेखि यो योजना लागू हुने एनसेलले जानकारी दिएको छ।
यस योजना अनुसार प्रिपेड सेवामा जस्तै गरि यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात कार्यालयका साथीहरुसँग करसहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न मिल्ने बताइएको छ।
यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित १।३० रुपैयाँ प्रति मिनेटमा उपलब्ध हुने छ । कम्पनीका अनुसार पेजी डेटा सेवा १।३० रुपैयाँ प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस १।३० रुपैयाँमा पाइने बताइएको छ।
एकपटक मात्र कर सहित मात्र एकसय ५० रुपैयाँमा बिजलाइट प्रिपेड प्लान लिन सक्ने छन्। प्लान सुचारु भए पछि ग्राहकले ३५ रुपैयाँ मेन ब्यालेन्ससहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसको साथै ३० दिन सम्म जम्मा दुई सय रुपैयाँको रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि पाउनेछन्।
यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी, ४ जीबी, ६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी, ५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको दुई सय रुपैयाँको कम्बो सिल्भर, तीनसय रुपैयाँको कम्बो गोल्ड वा तीनसय ५० रुपैयाँको को कम्बो प्लाटिनम प्याक पनि लिन सक्ने एनसेलले जनाएको छ।
बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्धि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । कुनै पनि व्यवसाय वा कुनै पनि संस्थासँग आवद्ध व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिएपछि मात्र यो योजनामा सहभागी हुन सकिने बताइएको छ।