नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल सम्झौता
काठमाडाैँ । नागरिक लगानी कोष र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्सबीच बिहीबार कोषका सहभागीहरूलाई छुट दिनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिति रहेको थियो ।
सम्झौतापछि कोषका सहभागी र कर्मचारीहरूले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन् । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्याबमा १०, रेडीयोलोजीमा १०,एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ ।
नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकाले कोषमा सहभागी करिब ७ लाख र कोषका कर्मचारीहरू यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।