बादल तेस्रो वरीयताका एमाले उपाध्यक्ष

काठमाडौँ । नेकपा (एमाले) ले नेताहरूको कार्यविभाजन टुङ्ग्याएको छ । एमालेले अन्तरपाटी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरू तोकेको हो ।

जिम्मेवारी तोक्ने क्रममा एमालेले नेताहरूको वरीयता क्रम पनि टुङ्ग्याएको छ । दशौं राष्ट्रिय महाधिवेशनपछि एमालेले वरीयता क्रम टुङ्ग्याएको हो । वरीयता क्रममा अध्यक्ष केपी शर्मा ओली शीर्ष स्थानमा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो स्थानमा छन् ।

उपाध्यक्षहरूको वरीयता क्रममा पहिलो नं.मा युवराज ज्ञवाली छन्, उनलाई प्रदेश र स्थानीय तह संयोजन जिम्मेवारी दिइएको छ । यस्तै दोस्रोमा अष्टलक्ष्मी शाक्य छिन्, उनले राजनीतिक समन्वय संयोजनको जिम्मेवारी निभाउने छिन् ।

उपाध्यक्षहरूको तेस्रो वरीयतामा पूर्वमाओवादी ‘लिगेसी’ बोकेका नेता रामबहादुर थापा ‘बादल’ छन् । उनले जिम्मामा कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा छ । एमालेमै रहेका पुराना नेताहरूभन्दा बादलको स्थान वरीयतामा अगाडि छ ।

वरीयतामा विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ्ग, सुरेन्द्रप्रसाद पाण्डे र शंकर पोखरेल बादलभन्दा पछाडि रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *