अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता शुरु


काठमाडौँ । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ‘अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता’ आजदेखि सुरु भएको छ । प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वर ४, माकलबारीस्थित मनकामना फुट्सल मैदानमा प्रतियोगिताको उद्घाटन गरे ।
खेलमार्फत सहकारी संस्था बीचको हार्दिकता र सहकार्यलाई थप बलियो बनाउन प्रतियोगिता आयोजना गरिएको सहकारीका अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले बताए ।
प्रतियोगितामा शुभ प्रवा साकोस, सिन्धु काठमाडौं साकोस, सिन्धु भोटेचौर साकोस, गोकर्ण साकोस, जय श्री भैरव साकोस, कल्याण कोष बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नवसृजनशील साकोस, बोधिसत्त्व साकोस, उमङ्ग साकोस, चट्टान साकोस, संपदा सामुदायिक कृषि सहकारी संस्था लिमिटेड र उज्यालो संपद साकोस गरी बाह्र टिम सहभागी छन् ।
प्रतियोगिताको च्याम्पियनले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवीन नेपालले जानकारी दिए । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
