ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्द्धिधत विदेश स्थित संस्थाहरूलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाताहरू रहेका छन् ।

अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापनिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक व्याज दर प्रदान गरिने छ ।

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्ने बैंकले जनाएको छ ।

उक्त खाता सञ्चालकहरूलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ । यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरूलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।

साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रूपमा निःशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *