देउवा-प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधान मन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएकाे प्रचण्ड सचिवालयले जनाएकाे छ ।

भेटमा प्रचण्डले १४औं महाधिवेशनबाट पुन: देउवा सभापति बनेकाेमा बधाई दिएका थिए । यस्तै उनीहरूबीच संसद् सञ्चालन, राजदूत नियुक्त, सर्वदलीय बैठक बाेलाउनेलगायतका विषयमा छलफल भएकाे थियाे ।

प्रचण्डले क्रिकेट खेलाडीहरूमाथि गरिएको भनिएको कारबाहीबारे पनि प्रधान मन्त्री देउवाको ध्यानाकर्षण गराएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *