नेपालकाे दाबी:

‘आगामी चुनावमा गठबन्धनले ठूलो विजय प्राप्त गर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी राष्ट्रिय चुनावमा गठबन्धनले ठूलाे जित हासिल गर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित युवा किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय सभाको चुनाव हुँदैछ, बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैन । त्यसपछि प्रादेशिक र संघको निर्वाचन हुन्छन् । ४६० गाउँपालिकासँगै सिङ्गो देशमा गठबन्धनको जित हुन्छ । त्यहाँ हामीले जित्ने हो ।’

अध्यक्ष नेपालले त्यसका लागि किसानहरू पनि तयार रहनुपर्ने बताए । किसानहरूतर्फ फर्किँदै उनले भने, ‘यसमा तपाईंहरू पनि तयार रहनुपर्छ । यसको तयारी गर्नुस् । हामीले सबैले गर्नुपर्छ । चुनाव जित्ने र देशलाई समृद्ध बनाउने काम थाल्नुपर्छ ।

अध्यक्ष नेपालले नेपाल देशलाई समृद्ध बनाउने आधार अझै विद्यमान रहेको बताए । नेपाल प्राकृतिक रूपमा धनी देश भएको स्मरण गर्दै उनले भने— ‘नेपाललाई अझै समृद्ध बनाउन सकिन्छ । यसका आधार तपाईं हामीले नै खडा गर्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *