राप्रपाले शुरू गरेको नेतृत्व पुस्तान्तरणको प्रभाव कांग्रेसमा पनि पर्‍याे : लाेहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफ्नो दलले शुरू गरेको नेतृत्व पुस्तान्तरणको प्रक्रियाले नेपाली कांग्रेसमा पनि प्रभाव परेको बताएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बधाई दिँदै लोहनीले भनेका छन्, ‘राप्रपाले शुरू गरेको नेतृत्व पुस्तान्तरणको प्रक्रियाले कांग्रेसमा पनि केही न केही प्रभाव परेकोजस्तो देखियो । नयाँ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बधाई ।’

राप्रपाको एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष बनेका छन् । उनले राप्रपामा लामो विरासत बोकेको कमल थापालाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *