रियलमीले उछिन्यो आईफोन र शाओमीलाई

काठमाडौँ । रियलमी जिटी नियो २ ले डोक्समार्क ब्याट्री टेष्टमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा परेकाे छ ।

यो परीक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रोलाई रियलमी जिटी नियो २ ले पछि पार्न सफल भएको छ ।

स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने डोक्समार्क अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो ।

रियलमी जिटी नियो २ लाई तीनवटा परिक्षणहरुमा मापन गरिएको थियो र यो स्मार्टफोन सबै श्रेणीहरुमा उत्कृष्ट ३ भित्र पर्न सफल भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *