आफूलाई नसोधी पद दिइएकोमा भीम रावलको आपत्ति

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत नेता रावलले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाई दिनु आपत्तिजनक भएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाई दिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

एमालेको दसौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *