दलविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किँदैन : थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले दलविरुद्ध घृणा फैल्याएर राजसंस्था नफर्किने बताएका छन् । ‘राजनीतिक दल र आमजनताको विश्वास नै राजसंस्था पुनःस्थापनाको एकमात्र बाटो हो । विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किँदैन,’ थापाले भनेका छन् ।

उनले ‘सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक’ रहेको बताएका छन् । आफू राजेन्द्र लिङ्देनसँग पराजित भएपछि निर्मल निवासमाथि खनिन शुरू गरेका थापाको आक्रोश अझै साम्य भएको छैन ।

उनले राजनीतिक दल र जनताको विश्वास भए मात्रै राजसंस्था पुनःस्थापनाको बाटो भएको पनि बताएका छन् । थापाले दलहरुविरुद्ध निर्मल निवासले घृणा फैल्याएको बताउँदै त्यसो गरेर राजसंस्था नफर्किने पनि बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *