कामना सेवा विकास बैंकद्वारा जनचेतनामूलक बोर्ड हस्तान्तरण
मकालु खबर
२०७८ पुस ४ गते
काठमाडौँ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतनामूलक साइन बोर्ड, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
साथै, हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामूलक बोर्डको अनावरण समेत गरेका थिए ।
उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।
मकालु खबर
२०७८ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित