समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको अध्यक्षमा पाण्डे

काठमाडैँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको सङ्गठन समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको भेला सम्पन्न भएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको अध्यक्षमा प्रकाश पाण्डे चयन भएका छन्।

राजधानीको बागबजार स्थित होटेल हार्दिकमा संयोजक राजेन्द्र बरालको अध्यक्षता तथा पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।

अध्यक्ष नेपालले नेपालमा आमूल परिवर्तन ल्याउन र गणतन्त्रलाई स्थापित गरी लोकतान्त्रिक सुशासनलाई संस्थागत गर्दै भ्रष्टाचार रहित समाजको निर्माण केवल समाजवादीले मात्रै गर्न सक्ने बताएका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ आबद्ध समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चमा अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा ५१ सदस्यीय कमिटी तथा उद्योग ब्यबसाय विशेष जिल्ला कमिटी अन्तर्गत शैक्षिक परामर्श इलाका कमिटीमा नारायण देवकोटाको अध्यक्षता २१ सदस्यीय र शैक्षिक परामर्श शाखा कमिटी मा आसिक कार्कीको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्माण भएको थियो।

अतिथिमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ उपाध्यक्ष द्वय मदन कुमार आचार्य र हरी कृष्ण ठकुरीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *