केएफसीको नयाँ शाखा आइप्लेक्स मल बानेश्वरमा
काठमाडौँ । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले बानेश्वरमा नयाँ शाखा बिस्तार गरेको छ ।
आइप्लेक्स मलमा खोलिएको केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । उक्त आउटलेटबाट हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स जस्ता विभिन्न चिकेन परिकारसहित बर्गर र अन्य परिकार उलब्ध हुने कम्पनीले जनाएको छ । केएफ सी रेष्टुँरा देवयानी इन्टरनेशनल नेपाल प्रालिले सञ्चालमा ल्याएको हो ।
कम्पनीका अनुसार केएफसीले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड–१९ को रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीतिसमेत अवलम्बन गरेको छ । यसका लागि स्वच्छता, जाँच, सामाजिक दूरी र कन्ट्याटलेस जस्ता सेवासहितको मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।
रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । रेष्टुँराका कर्मचारीले हरेक ग्राहकलाई सेवा दिएपछि आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् ।
हरेक ग्राहकबीच ६ फिटको सामाजिक दूरी कायम गर्दै रेस्टुराँमा आउने ग्राहक र सेवामा रहेका कर्मचारीबीच समाजिक दूरी कायम राख्न स्टिकरलागयत समानको प्रयोग गरी अझ ब्यवस्थित गरिएको छ । केएफसी रेष्टुराँ १७१४ वर्ग फिट क्षेत्रफलमा खोलिएको छ । केएफसी रेष्टुराँमा एक पटकमा ४५ जना ग्राहकले सेवा लिन सक्नेछन् ।
रेस्टुँराले हाल बिहान ११ बजेबाट रातको ११ बजेसम्म डाइन–इन र टेक अवे र होमल हेलिभरी मार्फत सेवा दिइरहेको छ । भोजडिल, फुड बस्टर र फुडमाण्डू मार्फत होम डेलिभरीको सेवा लिन सकिनेछ ।