सिटिजन्स बैंकको शाखा नुवाकोटको मदानपुरमा
मकालु खबर
२०७८ पुस ५ गते
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका, मदानपुरमा ८८ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सुब्बा लाल श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप सङ्कलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ८० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७८ पुस ५ गते
प्रतिक्रिया