एमाले सांसदको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
मकालु खबर
२०७८ पुस ५ गते
काठमाडौँ । नेकपा (एमाले)का सांसदहरूको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले आसनबाट उठेर उभिएर विरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरूलाई बस्न आग्रह गरे पनि उनीहरू नबसेपछि कार्यसूची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका हुन् । एमालेले गत भदौ २३ यता लगातार संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको छ ।
मकालु खबर
२०७८ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित