विश्वविद्यालयले युग सापेक्ष सुधार गर्नुपर्छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय(त्रिवि)का कुलपति शेरबहादुर देउवाले आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक सुधार गर्नु आवश्यक रहेको बताएका छन् ।

‘मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–प्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ,’ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना गरिएको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधान मन्त्री तथा कुलपति देउवाले भने‚ ‘आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ ।’

विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने उनले बताए ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ५९औँ ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिए । त्यसमा विद्यावारिधि, डिएम/एमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका विद्यार्थी समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *