बाग्लुंग,बारा र मकवानपुरमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा सँग महालक्ष्मी लाइफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ ।

गएको हप्ता तीन जिल्लाको विभिन्न क्याम्पस र माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन पछि देश भरीका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ ।

हेटौडाको निर्मल बहुमुखी क्याम्पसमा अध्यक्ष विष्णु हरी पण्डितको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ५० जना विद्यार्थीको सहभागिता थियो ।

अभियानका केन्द्रीय सदस्य जानुका दवाडीको स्वागत मन्तव्यबाट सञ्चालन भएको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए ।

अभियानका जिल्ला सदस्य बाल कुमारी डल्ला कोटीले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख सुभाष चन्द्र कडेलको उपस्थिति थियो ।

बाराको गंजभवानीपुर नगरपालिकाको भोला उच्च माध्यामीक विद्यालयका प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ८० जना विद्यार्थीको उपस्थिति थियो ।

अभियानका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद कुशुवाहा,रिषिकान्त गुप्ताको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका क्षत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम सम्पन्न भएपछि प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा ११ सदस्यीय बिमा जागरण राष्ट्रिय अभियान नगर कमिटी गठन गरिएको छ ।

त्यसै गरी गएको हप्ता बाग्लुंग जिल्लाको विभिन्न ११ वटा कलेज र माध्यामीक विद्यालय तथा एउटा स्वयंसेविका संस्थामा युवासङ महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित कलेज र माध्यामित विद्यालयका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम मध्ये निसिभुजि जनता क्यापस ढोरपाटनमा २९ जना विद्यार्थी, उत्तर गङ्गा मावि ढोरपाटन बुर्तिवांगमा ७२ जना, प्रभा मावी निसीखोलामा १०२ जना,ज्ञानेन्द्र मावि निसिखोलामा २८ जना, त्रिभुवन मावि बडिगाडमा ५० जना,भिमागिठे माविमा ८० जना,जनजागृति माविमा ८४ जना, भानु मावि ग्वाली चौरमा ८१ जना, गलकोट बहुमुखी क्याम्पस हटियामा ५९ जना, पाण्डव खानी मावि गलकोट नगरपालिकामा ३९ जना, न्यु लाइफ बोर्डिङ हरि चौर गलकोटमा ८२ जना विद्यार्थीहरू र महिला स्वास्थ्य स्वयंसेविका ग्वालिचौर वडिगाडमा ३० जना स्वंयमसेविकाको सहभागिता रहेको थियो ।

वाग्लुंग जिल्लाको ७ दिने बिमा जागरण अभियानमा कम्पनीका क्षेत्रीय प्रमुख जमुना आचार्य र बाग्लुंग प्रमुख विश्वनाथ आचार्यले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *